२१ भाद्र २०७८, सोमवार

संखुवासभाको मादी हत्याकाण्डमा एक बृद्ध सकुशल रहेका छन् ।  परिवारका ६ सदस्य गुमाएका ९३ वर्षीय बौद्धमान कार्की सकुशल रहेका हुन् । सामान्य घाइते भएका उनी कान र आँखा देख्न नसक्ने अवस्थामा रहेका छन ।

ते घटना भएको स्थान र घर संखुवासभाको दुर्गम क्षेत्रमा पर्दछ भने घर एकलासमा रहेको प्रहरीको भनाई छ ।

घटनाको थप अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको छ । घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर