२० भाद्र २०७८, आइतवार

गाँजासहित विराटनगरबाट पक्राउ गरेर प्रहरीले हिरासतमा लिएका एक जना थुनुवाको आइतबार दिउँसो मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको हो । उनी गत शुक्रबार विराटनगर–११ जनपथ मार्गबाट ३ किलो ४ सय ८० ग्राम गाँजासहित पक्राउ परेका थिए ।

https://amzn.to/4myfPN5

उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गर्न अदालत लैजाने तयारी गरेको थियो । त्यही क्रममा बेहोस भएर ढलेका उनको उपचार गराउँदै गर्दा कोसी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए ।
मुखबाट फिँज निस्किएको अवस्थामा उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा दिउँसो २स्१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
एसपी जीसीले घटनाको अनुसन्धान सुरु गर्दै शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको र त्यसको रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण प्रष्ट हुने जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर