२० भाद्र २०७८, आइतवार

ललितपुरस्थित नख्खु कारागारका नाइकेविरुद्ध अन्य कैदीबन्दीहरु नाराबाजी गरेका छन् । नाइकेले कारागारभित्रै रहेको होटलका सामानको मूल्य बढाएको भन्दै अन्य कैदीबन्दीले दोषीमाथि कारवाही र नाइकेको सरुवाको माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरुका बीचमा  झडप समेत भएको बताइएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले अहिले विवाद साम्य भइसकेको बताए ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले नाइकेविरुद्ध नारावाजी भएको र गृहको समवन्यमा विवाद समाधान भइरहेको जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर