२० भाद्र २०७८, आइतवार
सरकारले छिमेकी मित्र राष्ट्रविरुद्ध कुनै गतिविध नगर्न अपिल गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै मित्रराष्टसँगको सम्बन्धमा आँच आउनेगरी नाराबाजी, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविध नगर्न अपिल गरेको हो।
मन्त्रालयले यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिने प्रयास गरे कारबाही गर्ने चेतावनी दिएको छ। पछिल्लो समय दार्चुला घटना र एमसीसी परियोजनाविरुद्ध प्रदर्शन भइरहेको छ।










