
साकेतिक फोटो
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
२० भाद्र २०७८, आइतवार
मलेसियाका विभिन्न जेलहरुमा १७० जना नेपालीहरुले वन्दि जीवन विताईरहेका छन । मलेसियाको फौजदारी मुद्धा लागेका तथा अध्यागमन उलंघनका घटनामा पक्राउ परेकाहरुले जेलको सजाय भागिरहेका हुन ।
नेपाली दुतावास मलेसियाका द्धितिय सचिव प्रेम वुढथापाका अनुसार धेरैजसो नेपालीहरु अवैधानिक अवस्थामा रहेर मलेसियाको अध्यागमन उलंघन गरेका कारण पक्राउ परेका छन ।
थापाका अनुसार ‘सक्टेम्वर १२ तारिखमा ८ जना तथा १८ तारिखमा १० जना नेपालीलाई स्वदेश फर्कदैछन ’ । उनीहरुको आवश्यक प्रकृयाहरु अगाडि वढिसकेको समेत उनले वताए ।
मलेसियामा रहेका विभिन्न संघसंस्थाहरुले वेलावेलामा समन्वय र सहयोग गर्दे मलेसियावाट जेलमा परेका नेपालीहरुलाई स्वदेश फर्काउने काममा सहजीकरण गरिरहेका छन । गएको साउन महिनामा ७८ जना र भदौ महिनामा २२ जना नेपालीहरु स्वदेश फर्किसकेको समेत द्धितिय सचिव वुढथापाले जानकारी दिए ।