
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
२० भाद्र २०७८, आइतवार
मलेसियामा कोरोना सक्रमणको कारण ज्यान गुमाएका एक नेपालीलाई मलेसियावाट सहयोग रकम पठाईएको छ ।
रुक ७ रोल्पा घर भएपनि पछिल्लो समयमा दागको ववई ३ हसनपुरमा वस्दै आएका ४९ वर्षको पले ओलीको अगष्ट २१ तारिखमा कोरोना सक्रमणवाट मृत्यु भएको थियो ।
होम अपहोस्टेरीको भिषामा रहेर उनी लामो समयदेखि मलेसियामा कार्यरत थिए । शवको वुधवार मलेसियामा अन्येष्ठि गरी शनिवार अस्तु समेत पठाईसकिएको छ ।
यसैविच ओलीको परिवारलाई मलेसयामा रहेका युवराज कटुवाल र पुर्ण वहादुर थापा मगरको पहलमा एक लाख संकलन गरी नेपाल पठाईएको परिवारले जानकारी गराएका छन । ओलीका छोरा भुपेन्द्रओलीले भने हामिलाई मलेसियावाट सहयोग पठाउनु भएको छ । थोरै भएपनि राहतको महसुस गरेका छौ ।
यो पनि पढनुहोस
मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु