१९ भाद्र २०७८, शनिवार

स्याङ्जा जिल्लाको कालीगण्डकी २ लसर्घा बेसीमा ‘एक घर एक धारा’ अभियान अन्तरगर्त १५७ खानेपानीको धारा जोडिएको छ ।

https://amzn.to/4myfPN5

कालीगण्डकी गाउँपालिकाको रु २८ लाख २० हजार ३५९ र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु १० लाख गरी कूल रु ३८ लाख २० हजार ३५९ को लागतमा खानेपानी योजना निर्माण सम्पन्न भएको खानेपानी मर्मत तथा सरसफाइ परियोजना (वास) का संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।

गाउँभन्दा दुई किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्याङ्की निर्माण गरी  गाउँका प्रत्येक घरमा धारा वितरण गरिएको संयोजक अधिकारीले बताए । विगतमा निकै टाढा वाट पानी ल्याउनुपर्ने समस्याको हल भएको तातोपानी खानेपानी मर्मत तथा सरसफाइ योजनाका अध्यक्ष पदम थापाले वताए । प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि दुई जना कर्मचारीको ब्यवस्था गरिएको थापाले जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर