
१९ भाद्र २०७८, शनिवार
अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका ९ अर्घाखाँचीका सन्जय विक रहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
१० जना घाइते मध्ये गम्भिर घाईते ३ जना लाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ। ७ जनाको प्राथमिक स्वास्थ्य चौकी ठाडामा उपचार भैरहेको छ ।