दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१८ भाद्र २०७८, शुक्रवार

मलेसियामा अगष्ट महिनामा मात्रै ११२ जना नेपालीको मृत्यु भएको छ । यो आज सम्मकै सवैभन्दा धेरै हो । नेपाली दुतावास मलेसियाका द्धितिय सचिव तथा सुचना प्रमुख प्रतिक कार्किका अनुसार ९६ जनाको कोरोना सक्रमणका कारण मृत्यु भएको छ । १६ जना नेपालीको हृदयघात , सवारी दुर्घटना , अत्यधिक मदिरा सेवन , शरीरमा जटिल रोग लगायतको कारणे मृत्यु भएको छ ।

मलेसियामा अहिले कोरोना सक्रमण तिव्रगतिमा फैलिईरहेको छ । शुक्रवार मात्रै १९हजार ३७८ जना नयाँ सक्रमित थपिएका छन भने ३३० जनाको मृत्यु भएको छ ।
विदेशिहरु कति सक्रमित भए र कतिजना कुन देशका श्रमिकहरुको मृत्यु भयो भन्ने वारेमा मलेसियन सरकारले कुनै पनि तथ्थाकहरु सार्वजनिक गरेको छैन । सम्वधित देशमा रहेका दुतावासले पाएको जानकारी अनुसार आ आफनो देशको विवरणहरु मात्रै सार्वजनिक गर्ने गरिरहेका छन ।
नेपाली दुतावास मलेसियाले प्रत्येक शुक्रवार फेशवुक मार्फत प्रत्यक्ष रुपमा र अन्य विभिन्न निकायहरु सगंको समन्वयमा मलेसियामा सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । दुतावासका द्धितिय सचिव कार्कि भन्छन ‘मलेसिया सरकारले जारी गरेको स्वास्थ मापदण्ड पुर्णरुपमा पालना गर्नु जरुरी छ अतिआवश्यक काम वाहेक हिडडुल नर्गन तथा कोहि कोरोना संक्रमित भएर क्वारेन्टाइनमा वसिरहेको भए थप सचेत हुनु जरुरी छ’ ।
मलेसियामा हाल करीव चार लाख नेपालीहरु श्रम गरिरहेको अनुमान गरिन्छ । मलेसियाले सवैदेशका नागरीकहरुलाई निशुल्क रुपमा खोप दिदै आईरहेको छ । कार्कि भन्छन ‘कोरोना विरुद्धको भ्याक्सिन लगाउन छुट्नु भएको छ भने लगाईहाल्नुस, कसैले भ्यासिन लिनको लागि समस्या परेको छ भने खवर गरिहाल्नुस दुतावास सधै सहयोग गर्न तयार छ ’।

प्रतिक्रिया

सम्बन्धित खवर