दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१८ भाद्र २०७८, शुक्रवार

बाग्लुङ सेवा समाज मलेशियाले क्यान्सर पिडित विरामिलाई सहयोग गरेको छ ।
बाग्लुङ ढोरपाटन नगरपालिका वडा न ४ का गोकुल प्रसाद अर्गेजालाई सहयोग गरिएको हो । केहि समय देखि विरामि भएको र उपचार गर्नको लागि पैसा अभाव भएको थाहा पाएपछि सानो भएपनि सहयोग गर्न सकियोस भनेर समाजले सहयोग गरेको हो । विरामिलाई मलेसियन रिगेट १३६३ अर्थान नेपालका ३८१६० रुपैया सहयोग गरिएको संरक्षक कर्ण मगरले जानकारी गराए ।
विरामि गोकुलको विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा निरन्तर उपचार भैरहेको छ ।
अभियानमा जोडिएर सहयोग गर्नेलाई समाजले धन्यवाद दिदै आउदा दिनहरुमा पनि यस्तै सहयोगलाई निरन्तर अगाडि वढाईने जनाएको छ ।
एक हप्ता अगाडि मात्रै बाग्लुङ सेवा समाज मलेशियाले म्यादी मालिका गाउपालिका २ रुमका दुर्गालाल पुन लाई सहयोग गरेर नेपाल फर्काएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर