१८ भाद्र २०७८, शुक्रवार
नेपाली सेनामा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरिएको छ ।
सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सुचना आज प्रकाशित भएको छ ।
बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने सुचनामा उल्लेख छ ।










