दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१८ भाद्र २०७८, शुक्रवार

मलेसियामा एक मजदुरको गाडिको सिटमा वसेकै ठाउँमा मृत्यु भएको छ । रामेछाप जिल्लाको खाडँदेवि गाउँपालिका वडा न २ का ३३ वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृत्यु भएको हो ।
मलेसियाको मेरुमा रहेको टवग्लोव कम्पनीमा कार्यरत रहेका मोक्तान विहिवारको  नाईट डिउटी गरेर शुक्रवार विहान कम्पनीको गाडिमा पेतालिनजयामा रहेको होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृत्यु भएको थियो ।
गाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्थामा उनले समातको फोन खसेको थियो । फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेनन । नजिकै भएको साथिले निदाईरहेका होलान भनेर  फोन टिपेर दिदा हलचल नगरेपछि हेर्दा उनको मृत्यु भैसकेको थियो ।
मोक्तान ९ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए । शवलाई पोस्टमार्टको लागि स्थानिय केलाग अस्पतालमा लगिएको छ । उनको के कारणले मृत्यु भएको हो पोसमार्टम पश्चात थाहा हुने छ । यस अगाडि उनी कुनै पनि रोग नदेखिएको र केहि पनि औषधीहरु प्रयोग नगरेको साथीहरुले जानकारी गराएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर