बझाङ, २०७७ भदौ १० गते

    जिल्ला अदालत बझाङको २०७० फागुन २३ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका-३ बस्ने ३४ राजेन्द्र बहादुर खड्का र सोही नगरपालिका बस्ने बाजुरा कुलदेवमाण्डौ घर भएका २७ वर्षीया राधिका खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई जयपृथ्वी नगरपालिका-९ देवलबाट पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत बझाङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाइएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर