१७ भाद्र २०७८, बिहिवार

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड दुई रात पूर्ण रुपमा बन्द हुने भएको छ ।

वर्षाका कारण तानसेन नगरपालिका–८ स्थित तल्लो डुम्रेमा गएको पहिरो हटाउन अझै बाँकी रहेकाले राती सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म सडक बन् गरिने जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।बन्दको समयमा एम्बुलेन्स भने चल्न पाउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर