१७ भाद्र २०७८, बिहिवार

बेलायतबाट  नेपाल कलाकार संघ, यूकेको प्रस्तुति र सुमन पुनद्वारा निर्माण गरिएको देश प्रेमले ओतप्रोत राष्ट्रिय भावको गीत “हामी नेपाली हामी गोर्खाली” सार्वजनिक गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गीतमा सुरेश राज पाठक, मनसुधन थापा मगर, ममता गुरुङको स्वर रहेको छ भने कल्पना आङबुहाङले शब्द लेखेकी हुन् ।

अशोक कुमार राईको संगीत रहेको सो गीतको कम्पोज गंगा राज राईले गरेका हुन् ।

देशभक्ति उक्त गीतको भिडियोमा रोमियन लिम्बू, ध्रुब दत्त, सिर्जना निङ्लेखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुधराज, इन्दु लिम्बूको अभिनय रहेको छ भने   शान्त कुमार राईले निर्देशन गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर