१७ भाद्र २०७८, बिहिवार

कोरोना महामारीका कारण डेढ वर्षमा २३ जना पत्रकारको मृत्यु भएको छ । नेपाल प्रेस इन्टिच्यूटले आयोजना गरेको मिडियामा कोभिडको असरसम्बन्धी राष्ट्रिय कार्यशालामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोनाका कारण २३ जना पत्रकारको मृत्यु भएको जानकारी दिए ।

साथै एक हजार बढिले आफन्त गुमाएका छन् । कोरोनाका कारण केही उद्योग तथा व्यवसाय बन्द भए पनि मिडिया क्षेत्र जसोतसो चलिरहेको उनले बताए ।  कार्यक्रममा सातै प्रदेशका नेपाल पत्रकार महासंघका प्रादेशिक अध्यक्षले तयार पारेको अनुसन्धानमूलक कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर