१७ भाद्र २०७८, बिहिवार

जिल्ला प्रशासन कार्यालयदाङ ले निर्माणाधीन पुलका ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। प्रहरीलाई पत्र लेखेर पुल निर्माणको जिम्मा पाएको एडभेन्चर जेभीका यज्ञ केसीलाई तत्काल नियन्त्रणमा लिन भनिएकाे छ।

पुल निर्माण सम्पन्न नहुँदा उक्त खोलामा रहेको कचवे मै गाडीहरु सञ्चालन हुने गरेका छन्। बुधबार राति उक्त खोलामा आएको बाढीले कार बगाउँदा चार जनाको मृत्यु भएको छ।   छिटो काम गर्न ताकेता गरिएको भएपनि निर्माण कम्पनीले लापरवाही गरेको भन्दै प्रशासनले निर्माण कम्पनीका केसीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर