१७ भाद्र २०७८, बिहिवार

नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुँदैछ । नेपालले पछिल्लो पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।

कोरोनाविरुद्धको खोप लगाएका वा ७२ घण्टा अघिको पीसीआर नेगेटिभ रिपोर्ट भएका पाँच हजार एक सय दर्शकलाई प्रवेश दिइने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । टिकटका लागि एन्फाले भीआईपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको   छ ।

प्रतिक्रिया

सम्बन्धित खवर