दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१७ भाद्र २०७८, बिहिवार
सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति मलेसियाको आयोजनामा तनाव ब्यवस्थापन तथा मनोपरामर्श कार्यक्रम हुने भएको छ ।
सेप्टेम्बर ५ तारिख आईतबार मलेसियाको समय अनुसार साझ ७ बजेबाट भर्चुअल माध्यमवाट कार्यक्रम गर्न थालिएको अध्यक्ष तुलाराम धामीले बताउनुभयो ।
विश्वका बिभिन्न मुलुकका बसोबास गर्दै आउनुभएका विशेष गरि प्रवासमा रहेका आम नेपालीमा पछिल्लो कोरोना महामारी साथै अन्य विभिन्न विषयमा उत्पन्न तनाव र यसको मानसिक समस्याहरु देखापर्दै गएको अवस्थामा कार्यक्रम प्रभावकारी हुने राष्ट्रिय समिति मलेसियाका संरक्षक समिर मल्लले बताउनुभयो ।
कार्यक्रममा मनोपरामर्श विशेषज्ञ डाक्टर स्वामी कृष्णले चेतनामुलक जानकारी दिनु हुने छ । सामाजिक संस्था पिएनसिसि मलेसियाको सहयोगमा अन्तर्क्रिया कार्यक्रम हुन लागेको हो।