१६ भाद्र २०७८, बुधवार
कक्षा १२ को परिक्षा भदौ ३० गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डले बुधबार जारी गरेको सूचना अनुसार यसअघि कोरोना महामारीका कारण स्थगन गरिएको परीक्षा भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो । यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने बोर्डले जनाएको छ