
१६ भाद्र २०७८, बुधवार
सुनसरी जिल्लाको गडी गाँउपालिका–१ का वडाअध्यक्ष शंकरप्रसाद चौधरीको निधन भएको छ ।
मुटुु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएका चौधरीको उपचारका क्रममा विराटनगरको विराट शिक्षण अस्पतालमा निधन भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् ।
चौधरी २०७४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।