१५ भाद्र २०७८, मंगलवार

विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष रविन्द्र मिश्रले एकतर्फी रुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

https://amzn.to/4myfPN5

मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै आज (मंगलबार) केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका थिए । तर बुधबार केन्द्रीय सदस्यहरुलाई पत्र पठाउँदै उनले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक आह्वान गरेका हुन् ।

पार्टीका अध्यक्ष मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह गर्नुपर्ने मागसहितको दस्ताबेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक मतभेद छ । यसबीचमा अध्यक्ष मिश्रको प्रतिवेदनलाई काउन्टर दिँदै संयोजक पाण्डेसहित ४ नेताले अर्को दस्ताबेज सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर