१५ भाद्र २०७८, मंगलवार

अमेरीका रहेका एक नेपालीले अमेरीकामा करीव १ लाख ५९ हजार डलर अर्थात करीव दुई करोड राशिको पुरस्कार पाएका छन् ।
नेपालमा बनेपा घर भएर अमेरीकाको न्युयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा डा. मिम लाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउन्डेशनबाट उक्त पुरस्कार पाएको वताईएको छ ।
वैज्ञानिक अनुसन्धानको लागि दिने एनएसएफ अवार्डलाई निकै प्रतिष्ठित मानिन्छ र यो पाउन निकै प्रतिस्पर्धा हुने गर्छ । डा. नकर्मीका अनुसार यो पुरस्कार आफ्नो प्रयोगशालामा भएको एक यन्त्र फोटोलुमिनेसिन स्पेकट्रोस्कोपीमा लाइफ टाइम (जीवनकाल) नाप्न सक्ने बनाउन एक उपकरण स्त्रीक क्यामेरा वर्णरेखा अङ्कीय चित्रकको लागि प्रदान गरिएको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्राध्यापक नकर्मी बिगत २० बर्ष देखि वाइड ब्याण्ड ग्याप सेमी कन्डक्टर (अर्ध परिचालक)सम्बन्धि अनुसन्धान गरि रहेका छन । डा. नकर्मीले अमेरिकाको क्यान्सस स्टेट युनिभर्सिटीबाट भौतिक शास्त्रमा पीएचडि गरेका छन् भने ब्रुकलिन महाबिद्यालय ९कलेज०मा सन् २००७ देखि प्राध्यापन र अनुसन्धान गरि रहेको वताईएको छ ।
डा नकर्मीले अमेरिका आउनु अघि करिब ६ बर्ष काठमाडौँ बिश्वबिद्यालयमा प्राध्यापन गरेका थिए । नेप्लीजवाट

थप विवरण हेर्नुहोस

 

प्रतिक्रिया

सम्बन्धित खवर