
१० भाद्र २०७७, बुधवार
वुटवल रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनमा परी तिलोत्तमा २ शंकरनगर बस्ने शंकर कार्कीको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका ३ सीताराइस मिल नजिकै लु २६ प १४५५ नम्बरको स्कुटी पल्टिँदा घाईते भएका उनलाई क्रिमसन अस्पताल मणिग्राममा उपचारको लागि लगिएको थियो । उपचारकै क्रममा कार्किको मृत्यु भएको प्रहरीले जनाएको छ ।