१५ भाद्र २०७८, मंगलवार

इजरायल जान चहानेहरुका लागि लिखित परीक्षाको मिति सार्वजनिक भएकाे छ । केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको हाे । वैदेशिक रोजगार विभागले तोकिएका परिक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परिक्षा हुने बताएको छ ।

https://amzn.to/4myfPN5

इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ ।  उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।

इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाइनमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही, जानकारीका आधारमा परीक्षार्थी अंग्रेजीको परिक्षा दिन उपस्थित हुनुपर्ने छ । इजरायलमा नेपालीलाई केयर गिभरका रुपमा लग्नका लागि गत वर्षको असोजमा इजरायल र नेपालबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर