१५ भाद्र २०७८, मंगलवार

पोर्चुगलले लक डाउनलाई विस्तारै खुकुलो वनाउदै लगेको छ ।  पहिलाको अवस्थामा आउन नसकेको भएपनि चहलपहलहरु वढ्न थालेको   छ ।  खोप लगाउनेकाम पनि तिव्ररुपमा भैरहेको छ । तर पनि सक्रमण भने उस्तै छ ।

लकडाउन खुलेसगै नेपालीहरुपनि जमघट र भेटघाटमा ब्यस्त हुन थालेका छन । तीजको अवसर पारेर जम्मा भएर दरखाने र सामान्यभएपनि नाचँगान गरिरहेका छन ।

पोर्चुगलमा हालसम्म १० लाख ३६ हजार १९ जनामा सक्रमण देखिएकोमा ९लाख ७२हजार ७०८ जना सक्रमणमुक्त भैसकेका छन ।  ४५हजार ५८१ सक्रिय सक्रमित रहेकोमा ७०२ जनाको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ, जसमध्ये १४९ जनाको अवस्था गंभिर छ ।

यसैविच पोर्चुगलको लिस्वनका विभिन्न अस्पतालमा मात्रै ६ जना कोरोना संक्रमित नेपालीहरुले उपचार गराईरहेको पोर्चुगलमा रहेका एक नेपालीले जानकारी गराए । उनका अनुसार ४ जनाका अवस्था गंभिर छ र उनीहरुको आइसियुमा उपचार भैरहेको छ ।

पोर्चुगल सरकारले संक्रमितको व्यक्तिगत तथ्यांक सार्वजनिक नगर्ने भएकोले नेपालीको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिन्छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर