१४ भाद्र २०७८, सोमवार

स्वीजरल्याण्डको क्लाउसेन मा चर्न पुगेका गाईहरु विरामि परेको थाहापाएपछि हेलिकोप्टरको मद्धतवाट शुक्रबार उद्दार गरिएको छ ।
उच्च हिमाली भेगमा ति गाईका गोठालाले गाई अकस्मात घाईते भएको खबर गरेपछि हिँडाएर तल झार्दा लामो समय लाग्ने भएकाले हेलिकोप्टरबाट तल ओसारिएको थियो ।
त्यसरि बिरामी परेका करिब एक दर्जन गाइलाई क्लाउसेनपास पर्वत नजिकैको ल्याण्ड लिफ्टबाट हेलिकोप्टर मार्फत ओसारिएको छ । गाइहरुलाई समुद्री सतह भन्दा १,९५० मीटर माथिबाट हेलिकोप्टरमा उद्धार गरिएको थियो ।

अन्तरराष्टिय सन्चारमाध्यम रोयर्टका अनुसार बाँकी १,००० गाईको बथान जुन बलिया छन् ति पहाडी गोरेटो बाटोमा परेड खेल्दै करिब एक हप्ता हिँडेर तल ओर्लिने छन् । ति गाई युरीको केन्द्रीय क्यान्टोनस्थित उर्नरबोडेन क्षेत्रको जाडोयामको गोठमा फर्किने हुन् ।

फोटो र समाचार रोयर्टसवाट

प्रतिक्रिया

सम्बन्धित खवर