१३ भाद्र २०७८, आइतवार

बनेपा: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आज बिहान माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नं को मोटरसाइकलमा सवार दुई जनालाई ढुङ्गा लागेर घाइते भएको र उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर घर भएका वर्ष २८ का सरोजकुमार साह रहेका छन्।

मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। साहको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलका पछाडी सवार रहेका धनुषाको रामानन्दचोक घर भएका वर्ष ३० का सतिसकुमार साहको भने घाइते भई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साहको पेट र अनुहारमा चोट लागेको र उहाँको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर