
१३ भाद्र २०७८, आइतवार
नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदहरुको पद जोगिएको छ । पार्टी अनुशासन विपरित काम गरेको भन्दै पार्टीले कारवाहीका लागि सिफारिस गरेको थियो ।
एमालेले संसद सचिवालयमा पठाएको पत्रबारे जवाफ दिँदै नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा कारबाही गर्नुपर्ने अवस्था नरहेको सचिवालयले जनाएको छ ।
एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख अग्नी सापकोटाले ‘विचाराधीन’ अवस्थामा राख्नुभएको थियो । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।