
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१३ भाद्र २०७८, आइतवार
रोजगारीको लागि २० वर्ष अगाडि मलेसिया आएका अर्मन ४ म्याग्दि धारापानीका सुर्य वहादुर केसिको खोजी गरिदिन परिवारले मलेसियामा रहेका सवैलाई अनुरोध गरेका छन ।
परिवारले माया मारे जस्तै भएका सुर्य पाचँ वर्ष अगाडि अगष्ट महिनामा कोतारायको पुडुमा देखिएका थिए । त्यहाँ रहेका एक सेक्युरिटिले उनी सगै फोटो खिचाएर फेशवुकमा हालेपछि अझ थप खोजी भएको थियो ।
त्यतिवेला ति सेक्युरिटिले लेखेका थिए । ‘उनी सुर्य केसि रहेछन घर म्याग्दिमात्र भन्छन पुरै ठेगाना थाहा रहेनछ । यदि कोहि चिन्नुहुन्छ भने सहयोग गरिदिनुहोला’ । फोटो सेयर हुनासाथ कोरातायमा भएकाहरु त्यसठाउँमा पुगेका थिए तर सुर्य त्यहाँवाट हिडिसकेका रहेछन ।
त्यसपछि उनी कता गए आजसम्म कुनै पत्ता लाग्न सकेको छैन । ‘मलेसियामा धेरैठाउँमा खोजीयो पत्ता लाग्न सकेको छैन त्यैपनि खोज्ने क्रम जारी राखेका छौ एनआरएनएका आईसिसि सदस्य समेत रहेका नेत्रकेसिले टेलिफोनमा भने’ । टेलिफोनमा नेत्रले भने जो कोहिले पनि सुर्यजीको वारेमा खवर दिनुहुन्छ उचीत पुरस्कारदिने छु’ ।
केसी ५८ सालको फागुनमा मलेसिया गएको परिवारले वताएका छन । त्यो वेलामा मलेसिया आउदा आजजस्तो श्रमहरु केहि नहुने र रेकर्डपनि नहुने भएकाले खोजी गर्न समस्या परिरहेको आफन्तहरुले वताएका छन ।
नागरीकता
२०१६ को अगस्ट महिनामा यस्तो अवस्थामा एक सेक्युरिटिले फेशवुकमा फोटो सेयर गरेका थिए
२०१६ को अगस्ट महिनामा यस्तो अवस्थामा