
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
कोरोना सक्रमणवाट मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।
ताप्लेजुङ जिल्ला घर भई मलेसियामा करीव ४ वर्ष देखि कार्यरत ३३ वर्षका टेक वहादुर खवासको आईतवार विहान करीव १ बजेतिर मृत्यु भएको हो ।
मलेसियाको युनाईटेड सेक्युरिटि सर्विस सुवाङजयामा कम्पनी भएको भएपनि टेक वहादुर जोहोरवारुको एक कम्पनीमा सेक्युरिटि गार्डमा कार्यरत रहेका थिए ।
करीव दशदिन अगाडि देखि टेकमा कोरोना सक्रमण देखिएको थियो । उनी लगायत अन्य ६ जनामा पनि सक्रमण देखिएपछि सवैजना अहिले होम क्वारेन्टाईनमा वसिरहेका छन ।
हिजो शनिवार राती करीव ९ बजेतिर साथीहरु संग जोहोरको चम्पाकामा रहेको होस्टलमा खाना खाएर सुतेका टेकको राती एक बजेतीर मृत्यु भएको सोहि कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराएका छन । शव अहिले विहान सम्म पनि होस्टलमै रहेको छ ।
टेक वहादुर रोजगारीको लागि जेनिथ ओभरसिजवाट २०१७ को डिसेम्वर २२ तारिखमा मलेसिया आएका थिए ।