
१३ भाद्र २०७८, आइतवार
सरकारले रासायनिक मल खरिद गर्नका लागि बजेट वृद्धि गरे पनि मल भने कम आयात हुने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले यो वर्ष कम आयात गरिने भएको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गत वर्ष चार लाख मेट्रिक टन मल आयात भएको थियो । यो वर्ष एक अर्ब बजेट बढाए पनि अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले पनि दुई लाख २० हजार मेट्रिक टन मात्र मल आयात हुने मन्त्रालयको भनाइ छ ।
गत वर्ष ५२ हजार मेट्रिक टन बंगलादेश र बाँकी मल अन्य देशबाट आयात भएको थियो । मल अभाव हुन नदिका भारतसँगै, ओमन, मरक्को, चाइना, बंगलादेशबाट जीटुजीमार्फत मल ल्याउनका लागि छलफल भइरहेको उपसचिव आचार्यले जानकारी दिए ।
यसैबीच, मन्त्रालयले रासायनिक मल अभाव हटाउन पाँच वर्षका लागि जीटूजी (सरकार–सरकार) सम्झौता गर्ने तयारी पनि गरेको छ ।
वार्षिक करिब १३ लाख टन रासायनिक मल चाहिने मन्त्रालयले जनाएको छ । व्यावहारिक रूपमा साढे ६ लाखदेखि ७ लाख टन हुँदा अभाव नहुने मन्त्रालयको भनाइ छ ।