१२ भाद्र २०७८, शनिवार

एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले यी दुई माग पूरा गर्नको लागि भदौ १९ गतेसम्मको लागि सरकारलाई अल्टिमेटम दिएको हो ।

कार्यक्रममा बोल्दै अभियान संयोजक निर्ग नविनले एमसीसी सम्झौता खारेज नभएसम्म आफूहरूको अभियान जारी रहने बताए । यो देशका शासकहरूसँग आफूहरूले देशको स्वाधीनता, सार्वभौमिकतामाथि प्रहार नहोस् भनेर सधैँ अपेक्षा राखेको पनि स्मरण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर