
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१२ भाद्र २०७८, शनिवार
जसपा सुज कार्यक्रम अभियानलाई मलेसियावाट सहयोग गरिएको छ ।
लुम्बिनी प्रदेशको भैरहवा मा भाद्र १३ गते हुने सुज कार्यक्रम अभियानको लागि मलेसियावाट सहयोग गरिएको हो ।
जसपा का कार्यकारी सदस्य नवराज सुवेदी नाममा मलेसियाका समाजसेवि, गैर आवासिय नेपाली संघका आईसिसि सदस्य विरेन्द्र कुमार नेगीले ब्यक्तिगतरुपमा २५ हजार सहयोग गरेका छन ।
पुर्वअध्यक्ष नेपाली समाज मलेसिया प्रवास विशेष प्रदेश समितिका सदस्य बैजनाथ,गाउँपालिका वाड नं ४ बाकेका नेगीले मलेसियावाट अन्य विभिन्न काममा समेत धेरैलाई सहयोग गर्दै आईरहेका छन ।