१२ भाद्र २०७८, शनिवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले अहंकार पालेर बसेका कारण चोइटिएर गएको बताएका छन् ।

।अध्यक्ष ओलीले नेपाललाई नर्कको बाटो हिडेको भन्दै टिप्पणी पनि गरेका छन् ।

उनले अगाडी भने, ‘मैले दुनियाँमा यस्तो नेता देखेको छैन, जसले म फलाना हो, म कार्यकर्ता होइन, म नेता हो भनिरह्यो । सुन्दा सुन्दा कान टट्टाएर थाकेको थिएँ।’

अहिलेको अवस्थामा पार्टी फुटेको भनेर भन्न नमिल्ने भन्दै उनले नुहाउँदा टाउकोबाट एक–दुईवटा कपाल खसेका हुन भने । उनले पार्टी विभाजनमा जानेहरुलाई कुलंघारको संज्ञा पनि दिए ।

उनले भने, ‘पार्टी पुटेको होइन, केही मान्छे पतित भएका हुन् । अलिकति चोइटिएको भन्न सकिएला । फुट्याभए यस्तो हुन्थ्यो ? नुहाउँदाखेरि एक–दुईवटा कपाल झर्छ । जति दामी र ब्रान्डेड साबुन लगाए पनि कपाल त झर्छ नै । तर एक–दुईवटा कपाल झर्दैमा कपाल मुडुलो हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर