१२ भाद्र २०७८, शनिवार

लेवनानमा बन्धक वनाइएकि एक नेपाली चेलीको उद्धार गरिएको छ ।
करीव दश वर्षदेखि लेवनानीको घरमा बन्धक वनाइएकि २९ वर्षिय सजिता लामाको उद्धार गरेको हो ।
दिस इज लेवनान’ नामक सस्थाको अगुवाइमा उद्धार गरिएको संस्थाले जनाएको छ ।

https://amzn.to/4myfPN5

संस्थामा जोडिएका दीपेन्द्र उप्रेतीसहितको टोलीले सजिता एक दशकदेखि रोजगारदाता रिचार्ड खौरीको घरमा बन्धक भएको जानकारी पाएपछि संस्था उद्धारमा जुटेको थियो ।
लेवनानको राजधानी बेरूतमा “जर्ज पसल” सञ्चालन गर्दै आएका खौरी र उनकी पत्नी राना जर्मानोसले बन्धक बनाएको खुलेको छ ।
उनी बन्धक भएको सूचनाका आधारमा  घरमा छापा मारेर उनलाई बन्धन मुक्त गरिएको दीपेन्द्र उप्रेतीले वताए । सेप्टेम्बर २०१० मा त्यहाँ पुगेकी सजिताले एक वर्ष र नौ महिनाको तलब  मात्रै  पाएको उल्लेख छ ।
अहिले उनी लेवनानमै सेल्टर हाउसमै वसेकि छिन । आवश्यक पहल पछि नेपाल फर्काइने संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर