१२ भाद्र २०७८, शनिवार

धनुषामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सबैला नगरपालिका–१२ स्थित बरकुरबा बस्ने ३० वर्षीय भगवानबाबु सदाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सदा बिहानै त्यहाँ माछा मार्न गएको र बेलुकीसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा उनको शव फेला परेको उनले बताए।

सदालाई छारे रोग लागेको र बेहोस भइ पानीमा डुबेको हुनसक्ने परिवारजनले आशंका गरेको प्रहरीलेजनाएको छ ।

पोष्टमार्टमका लागि अहिले उनको शव प्रादेशक अस्पताल जनकपुरमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर