
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१२ भाद्र २०७८, शनिवार
मलेसियामा कोरोना सक्रमणवाट एक ब्यवसायिको मृत्यु भएको छ ।
पोटेकेलाङमा रेष्टुरेण्ट ब्यवसाय संचालन गर्दे आएका ४७ वर्षिय गणेश ज्ञवालीको शुक्रवार साझँ मृत्यु भएको हो ।
रुपन्देहि जिल्लाको सैनामैना नगरपालिका वडा न ९ घर भई करीव १७ वर्ष देखि मलेसियामा ब्यवसाय तथा सेरियाकात विन्ताङ सेम्विलान एनडिएन विचएचडिमा समेत कार्यरत रहेका थिए ।
ज्ञवालीमा करीव ३५ दिन अगाडिदेखि कोरोनाको लक्षण देखिएको थियो । सक्रमण देखिएपछि केलाङ अस्पतालमा उपचार भैरहेको थियो । अस्पतालमा उपचारकै क्रममा रहेको अवस्थामा ३१औ दिनमा ज्ञवालीको मृत्यु भएको ब्यावसायी तथा हातेमालो कल्याणकारी समाज मलेसियाका अध्यक्ष पुरुषोत्तम कार्कीढोली ले जानकारी गराए । उनले भने ‘वचाउनको लागि हामिले आफनो ठाउँवाट निकैधेरै पहल गरियो तर सकिएन’ ।
ज्ञवालीको परिवारमा आमा वुवा श्रीमती दुई छोरी र एक छोरा रहेका छन । शव अस्पतालमै रहेको छ । कोरोना सक्रमण भएर मृत्यु भएकाहरुको शव नेपाल पठाउने अनुमति नदिने भएकाले मलेसियामै अन्त्येष्ठि गरिने तयारी भैरहेको र परिवारवाट आवश्यक कागजात समेत आईसकेको नेपाली दुतावासका जनसम्पर्क अधिकारी टेक वहादुर वुढाले जानकारी गराए ।