
११ भाद्र २०७८, शुक्रवार
मलेसियाको नेगरी सेम्विलानमा रहेको सेरामिक कम्पनीमा वुधवार छापा मार्दा ५५ जना पक्राउ परेको मलेसियाको अध्यागमन विभागले जनाएको छ ।
पक्राउ परेका मध्ये ४८जना वंगलादेशि र ७ जना नेपाली रहेका छन ।
अवैधानिक कामदारहरु रहेको भन्ने सुचना पाएपश्चात त्यसकम्पनीमा छापा मारिएको र २४१ जनाको कागजपत्र चेकजाँच गर्दा उनीहरु मध्ये ५५ जनामा कागजात नभएको कारण पक्राउ गरेको जनाएको छ ।
छापा सत्र मिनेट मात्रै हानिएको पनि उल्लेख गर्दे पक्राउ परेकाहरुलाई मलेसियाका अध्गामन कानुन अनुसार कावार्हि गरिने जनाएको छ ।