दिनेश खड्का खप्तडि/ क्लालालम्पुर

११ भाद्र २०७८, शुक्रवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।
सप्तरी जिल्लाको विसुनपुर गाउँपालिका वडा न १ घर भई मलेसियाको एक सेक्युरिटि कम्पनीमा कार्यरत ४३ वर्षका राकेश कुमार यादवको शुक्रवार विहान मृत्यु  भएको हो ।
सेलाङगरको काम्पुङवारु सुगाईवुलोमा रहेको नोभा साईल्ड सेक्युरिटि कम्पनीमा कार्यरत रहेका राकेशको शुक्रवार विहान करीव ५ वजेतीर मृत्यु भएको मलेसियामै रहेका राकेशका छिमेकि विनोदले जानकारी गराए ।
राकेश १६ महिना अगाडि मात्रै रोजगारीकाले सिलसिलामा मलेसिया आएका थिए । राकेशका् परिवारमा श्रीमती र दुई छोरा रहेका छन ।
कम्पनीले जानकारी गराए अनुसार राकेशमा हाईव्लडप्रसेरको समस्या देखिएको कारण केहि दिन अगाडि देखि सुगाईवुलो अस्पतालमा राखेर उपचार भैरहेको थियो ।
शवलाई आवश्यक प्रकृया पुरा गरेर नेपाल पठाउने तयारी भएको कम्पनीले जानकारी गराएको छ । मृतक राकेश परिवारका माहिला छोरा हुन । उनको परिवारमा श्रीमती र दुईछोरा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर