
११ भाद्र २०७८, शुक्रवार
मलेसियावाट अवैधानिक अवस्थामा रहेको श्रमिकमध्ये अगष्ट २० सम्म ९६ हजार ८ सय ९ जना आआफनो देशमा फर्किएको मलेसियाको सरकारी सन्चार माध्यम वर्नामाले जनाएको छ ।
यसमध्ये सवैभन्दा धेरै इण्डोनेसिया,भारत,नेपाल,वंगलादेश,म्यानमार तथा भियतनामका रहेको उक्त संचार माध्यमले उल्लेख गरेको छ ।
मलेसियन आप्रवासन नियन्त्रण बिभाग का उप – महानिर्देशक दातोक मखजान मुह्ममदिनले यो क्रम डिसेम्वर अन्तिम सम्म निरन्तर रहिरहने पनि वताए ।
उनले संचारकर्मिहरुलाई भने वैधानिक प्रमाण,हवाईटिकट,७२ घण्टे,पिसिआर रिपोर्ट लिएर सिधै केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा गएर ५०० रिंगेट जरिवाना वुझाएर फर्कन सक्नेछन ।
रिक्यालिब्रेशन रिहाईरिङ्कार्यक्रम अन्तरगर्त १ लाख ७४ हजार भन्दा बढी अवैधानिक विदेशी कामदारहरुले रोजगारदाता कम्पनीसंगको सहायतामा वैधानिक हुनलाई आवेदन दिइसकेको पनि वताए ।