११ भाद्र २०७८, शुक्रवार

आप्रवासी श्रमिकहरूको कारण नखुलाइएको मृत्युदर कतारमा ७० प्रतिशतभन्दा बढी रहेको एमनेष्टी इन्टरनेशनलले तथ्याकं सार्वजनिक गरेको छ ।
श्रमिकहरू पठाउने मुख्य देशहरूबाट प्राप्त तथ्याङ्कलाई एम्नेस्टीले गरेको समीक्षामा कतारमा प्रवासी श्रमिकहरूको कारण नखुलाइएको मृत्युदर लगभग ७० प्रतिशत पाइएको हो ।
हजारौं आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल रहेको एमनेष्टीले खुलाशा गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै एमनेष्टीले आप्रवासी कामदारको मृत्युलाई हृदयघातबाट भएको जनाउँदै कतारले यस्ता मृत्यु प्रमाणपत्र जारी गरेको खुलाशा गरेको हो ।

https://amzn.to/4myfPN5

एमनेष्टीले कतारले कसरी मृत्युका प्रमाणपत्रहरू जारी गरिरहेको छ भन्ने विषयलाई एम्नेस्टीको नयाँ प्रतिवेदन ‘इन द प्राइम अफ दियर लाइभ्स’ले प्रस्तुत गरेको छ ।

एम्नेस्टी इन्टरनेसलले विशेष गरी अत्यधिक र शारीरिक रूपमा निकै धेरै श्रम गर्नुपर्ने कार्य समयसँगै कतारको चरम तापक्रमका कारण श्रमिकहरूमाथि पर्न जाने जोखिमहरूमाथि प्रकाश पारेको छ।

हालै कतारले श्रमिकहरूका लागि केही नयाँ सुरक्षाहरू शुरुवात गरेको थियो तर मुख्य जोखिमहरू अझै विद्यमान रहेका छन् र अधिकारीहरूले गर्मीसँग सम्बन्धित मृत्युको अनुसन्धान गर्न खासै प्रयास गरेका छैनन्।

प्रमुख चिकित्सा विशेषज्ञहरूसँग परामर्श र हजारौंको मृत्युसम्बन्धी सरकारी तथ्याङ्कहरूको पुनरावलोकन गर्दै एम्नेस्टीले १८ वटा मृत्यु प्रमाणपत्रहरूको विश्लेषण गर्नुका साथै ३० देखि ४० वर्ष उमेरको बीचमा मृत्यु भएका ६ जना पुरुष श्रमिकको परिवारहरूसँग अन्तर्वार्ता गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर