११ भाद्र २०७८, शुक्रवार

सशस्त्र प्रहरी बलमा भर्ना खुलेको छ । भर्ना तथा छनौट शाखाले जारी गरेको सूचना अनुसार सशस्त्रप्रहरीमा भर्ना खुलेको हो ।

https://amzn.to/4myfPN5

जस अनुसार प्रहरी निरीक्षक ९इन्सपेक्टर० पदमा ७५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा १ सय ३७ जना, सशस्त्र प्रहरी जवान पदमा ७ सय ५५ जना माग गरिएको छ । यसैगरी भान्छे, केश कर्तक, कूचिकार, सूचिकार, चर्मकर्मी र माली पदका लागि १ सय २८ जना माग गरिएको छ।

सबै पदमा खुला, अमर अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्तति, समावेशी महिला, आदिवासी तथा जनजाती, मधेशी, दलित र पिछडिएको क्षेत्र पनि छुट्याईएको छ । भर्ना हुन चाहानेका लागि सशस्त्र प्रहरी बल, प्रधान कार्यालय स्वयम्भुदेखि ७ वटै प्रदेशमा दरखास्त फाराम वुझाउन सकिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर