११ भाद्र २०७८, शुक्रवार

युरोप पठाईदिन्छु भन्दै ठग्ने रामेछापका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकुलगंगा गाउपालिका वडा न ३ का पोश वहादुर सुनुवार रहेका छन ।

६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका -३२ कोटेश्वर वाट सुनुवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निज सुनुवारले काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका(९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया लाने भन्दै ठगेका थिए ।
त्यहाँ जनाको लागि प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएपछि पिडितहरुले प्रहरीमा निवेदन दिएका थिए ।
पक्राउ परेका सुनुवारलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर