११ भाद्र २०७८, शुक्रवार

हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ।

https://amzn.to/4myfPN5

भदौ महिनासम्म नयाँ पार्टी घोषणा गर्ने  त्रिपाठीले बताए। ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छौँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ।’ त्रिपाठी समूहले पार्टीको सम्भावित पाँचवटा नाम पनि जुराएको छ। तर, त्रिपाठीले नामबारे खुलासा गर्न चाहेनन्।

स्रोतका अनुसार त्रिपाठीले खोल्ने पार्टीको नाममा समाजवादी शब्द नछुटाइने भएको छ। ‘नेपाल समाजवादी पार्टी’ नाम त्रिपाठीले पहिलो प्राथमिकतामा राखेको स्रोतले बतायो।

त्रिपाठी र त्रिपाठीको समूहले अहिले आफूलाई स्वतन्त्र राजनीतिक समूह भन्ने गरेको छ। यो समूहमा दुई जना प्रतिनिधिसभा सांसद तथा दुईजना प्रदेशसभा सांसद छन्।  यस समूहका नेताहरू २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभामा एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लडेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर