१० भाद्र २०७८, बिहिवार

अफगानिस्तानको काबुल विमानस्थल बाहिर विस्फोट तथा गोलीबारी भएको छ । बिहीबार साँझ भएको विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।  घटनामा तालिबान लडाकुसहित थुप्रै सर्वसाधारण पनि घाइते भएको  बीबीसीले जनाएको छ ।

विमानस्थलको गेटमा विस्फोट भएको थियो । त्यस क्षेत्रमा बेलायती सैनिक तैनाथ थिए । एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै उक्त विस्फोट आत्मघाती भएको बताएका छन् । काबुल विमानस्थलमा आतंकवादी हमलाको सूचना प्राप्त भएपछि तीनवटा गेटहरू बन्द गरिएका थिए । विस्फोट त्यही गेट मध्ये एकमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर