१० भाद्र २०७८, बिहिवार

बिहीबार गण्डकी प्रदेशमा थप नौ जनाको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार आज मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना, पर्वतका एक जना, म्याग्दीका एक जना र कास्कीका छ जना रहेका छन ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२६८ पुगेको छ ।

यसैगरी आज गण्डकीका ३२८ जनामा कोरोना पुष्टि भएको छ । कास्कीका ९८ जना, तनहुँका १२ जना, गोरखाका १८ जना, लमजुङका १४ जना र नवलपुरका १३० जनामा कोरोना पुष्टि भएको हो ।यस्तै स्याङ्गजाका ४७ जना, पर्वतका एक जना, बागलुङका दुई जना र म्याग्दी जिल्लाका छ जनामा सक्रमण पुष्टि भएको हो ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८० हजार २२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६५४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७४ हजार ८९५ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर