दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१० भाद्र २०७८, बिहिवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मलेसियामा कोरोना सक्रमणवाट मोरङका एक नेपालीको मृत्यु भएको छ ।
मोरङ जिल्लाको  उर्लावारी नगरपालिका वडा न ५ घर भई मलेसियाको वान्तीङमा रहेको पियु टेक इण्डटिजमा कार्यरत ४७ वर्षिय टिकाराम भटटराईको मंगलवार मृत्यु भएको वडा अध्यक्ष भानुभक्त शर्माले जानकारी दिए ।
मलेसियाको वान्तीङमा रहेको उक्त कम्पनीमा टिकाराम २०१६ देखि कार्यरत रहेका थिए । नेपाल गएर फेरी सोहि कम्पनीनामा २०१९ को अगष्ट २६ तारिखका दिन मलेसिया आएका थिए ।
केहि दिन अगाडि देखि कोरोना सक्रमण भएको र शवलाई नेपाल ल्याउन नमिल्ने भएकाले मलेसियामै दाहसंस्कार गर्नको लागि पहल गरिएको श्रीमती हरिमाया भटटराईले जानकारी दिईन । शव वान्तिङ अस्पतालमा रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर