
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१० भाद्र २०७८, बिहिवार
मलेसियामा यतिवेला कोरोना सक्रमण निकै फैलिरहेको छ । त्यसको प्रत्यक्ष असर विशेष गरी सुरक्षा गार्डमा कार्यरत नेपालीहरु परिरहेका छन । धेरै मानिसहरु संग नियमित सम्पर्क भैरहनु परेको कारण पनि समस्यामा परेका हुन ।
यसैविच मलेसियाको साहआलम श्रीमुढाको एक सेक्युरिटि कम्पनीमा कार्यरत मध्ये १२ जना नेपालीमा सक्रमण देखिएको देखिएको र उनीहरुको अवस्था नाजुक भएको अवस्था सार्वजनिक संजालमा सार्वजनिक भएपछि नेपाल एम्वेसी र एनआरएका पदाधिकारीहरु कम्पनीमा पुगेका छन ।
मलेसियाका समाजसेवी जीवन नेगीलाई कम्पनीमा कार्यरत नेपालीहरुले आफुहरु विरामि परेको खवर गरेपछि उनले उद्धारको पहल गरिदिनको लागि भन्दै मलेसियाका विभिन्न संघसंस्थाहरु संग पहल गरेका थिए ।
गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष विनोद वहादुर थापाले विरामिको अवस्था थाहा हुना साथ अगष्ट २३ तारिख देखि निरन्तर सम्पर्कमा रहेको वताए । ‘ म उहाँहरु संग निरन्तर सम्पर्कमा छु । दिनमा दुईतीनपटक फोन भएको छ तर आज अचानक फेशवुकमा एनआरएनलाई आक्षेप लगाएको देखे जुन गलत छ । उहाँहरु वैधानिक भएको वताउनु भएको थियो कम्पनीले उपचार गराउने हो यदि गरेन भनेपनि हामिलाई भन्नोस हामि आउन तयार भनिरहेका थियौ तर कस्लेहा एनआरएनले गरेन भनेर फेशवुकमा पोष्ट गरेछन त्यसको कुनै तुक छैन’ ।
नेपाली दुतावासका जनसम्पर्क अधिकृत टेक वहादुर वुढाले खवर थाहा पाउना साथ कम्पनीलाई खवर गरिएको र आज अवस्था वुझन र थप उपचारको लागि कम्पनीका प्रतिनिधिसंग वसेर छलफल गर्नको लागि आफुहरु आएको वताए । उनले भने ‘हामिले थाहा पाउन साथ टेलिफोनमा कम्पनीलाई भनेका थियौ र आज यहि पनि आएका छौ ।जसरी सामाजिक सन्जालमा आएको छ त्यस्तो होइन १० विरामि हुनुहुदो रहेछ । कम्पनी संग कुराकानी गरेका छौ सवैको उपचार हुन्छ’ ।
विरामिको अवस्थामा वारेमा होस्टलमा रहेका अन्य साथीहरुले भिडियो समेत वनाएर पोष्ट गरेका थिए । तर अहिले भने त्यो भिडियो डिलिट भैसकेको छ ।