बाग्लुङ सेवा समाज मलेसियाले बागलुङ जिल्ला ढोरपाटन नगर पालिका ९ बस्ने रिन देवी बिक. की १६ वर्षीया छोरी तोलमाया बि.क. लाई मलेसियावाट सहयोग गरेको छ ।
सामाजिक संजालमा रकम अभावको कारण उपचार गर्न असजिलो जस्ता सुचनाहरु थाहा पाएपछि समाजले सहयोग गरेको हो ।निज विक लामो समय देखि मिर्गाेला पिडित रहेकि छिन ।


सुचना पाएलगत्तै संस्थाका सदस्यहरुको पहलमा सि प्याक कम्पनी र डोई कम्पनीमा कार्यतर तथा अरु साथीहरुको सहयोगमा आरएम १९४० अर्थात ५४हजार ५ सय १४ रुपैयाँ सहयोग पठाईएको हो । हाल मलेसियाको सस्थाको अध्यक्षमा प्रेम बुढाथोकी,उपाध्यक्षमा कुमार मार्जील,कोषाध्यक्षमा प्रदिप बुढामगर,सह कोषाध्यक्षमा विवश थापा,सचिवमा बिष्णु चापागाईं,सहसचिवमा तेजेन्द्र छन्त्याल,संरक्षकमा कर्ण बहादुर बुढाथोकी.सदस्यमा रामु जी सी,सन्तोष खड्का लगायतका छन । समाजले नेपाल तथा मलेसियामा दुख पिडापाएकाहरुलाई निकै सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर